×

TUNGOON

आज बिहान ९ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै


काठमाडौं। भदौ १५ गते
आज बिहान ९ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै ।माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएकाले आजको बैठकमा मन्त्रालय बाँडफाँडको टुंगो लगाएर मन्त्रिपरिषद विस्तार गरिने लाग्ने माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिनु भएको छ । एमाले विभाजन पश्चात नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नु भएको छ ।

सोमबार माओवादी केन्द्रको बैठक बसेको थियो। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराउनु भएको थियो । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ।

 

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला