काठमाडौ । भदौ १५ गते
इजरायल जान दरखास्त दिएका कामदारको भदौ २८ गते सरकारले लिखित परीक्षा गर्ने भएको छ।प्रक्रिया पूरा गरि दरखास्त दिएका आवेदकको भदौ २८ गते दिउसो १ बजे लिखित परीक्षा लिइने छ ।
विभागले इजरायलका लागि एक हजार कामदार माग भएको जनाउँदै साउन १२ गते देखि ३२ गते सम्म दरखास्त मागेको थियो। त्यसमा १० हजार आवेदन परेका छन्।इजरायल रोजगारीका लागि विभागले अनुमति लागत एक लाख ६५ हजार तय गरेको छ। जहाज टिकट १ लाख ४० हजार लाग्ने विभागले अनुमान छ। इजरायल जान चाहने श्रमिकका लागि वैदेशिक रोजगार विभागले दरखास्त माग गरेको थियो। काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमै परीक्षा हुने विभागले जनाएको छ।