×

TUNGOON

कांग्रेसको सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको तयारी


काठमाडौं। भदौ १५ गते
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता कल्याण गुरुङले सभापति पदमा उमेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।पार्टीको सभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नका लागि गुरुङले आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछन ।

काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी गुरुङले उमेदवारी घोषणा गर्न लागेका हुन् ।आजको पत्रकार सम्मेलनमा कांग्रेसको १४औँ महाधिवेशनका लागि युवा नेता कल्याण गुरुङले सभापति पदमा उमेद्वारी घोषणा गर्नेछन । आफ्नो प्यानलको टिमकाबारेमा भने केही पछि सार्वजनिक गर्ने गुरुङले बताए ।कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला