×

TUNGOON

सभामुख अग्नीप्रसाद सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आज


काठमाडौं । भदौ १६ गते
आजका लागि सभामुख अग्नीप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी तोकिएको छ। ​सापकोटाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामासहित मानवअधिकारवादी सुशिल प्याकुरेल र पत्रकार कनकमणि दिक्षीतले मुद्दा दायर गरेका थिए। २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो।

संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन्।सापकोटामाथी काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेको थियो। उनिविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचराधिन छ।सापकोटाविरुद्ध लामा, प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेसीमा चढेको हो। हालसम्म यो मुद्दा २० पटकसम्म सुनुवाइको पेशी तोकिएको छ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला