×

TUNGOON

नेपालमा मनसुन विस्तारै कमजोर हुँदै , आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना


काठमाडौं । भदौ १६ गते
हाल नेपालमा मनसुन विस्तारै कमजोर हुँदै गएको छ। मनसुन केही कमजोर भएकाले अबका केही दिन दिनभर घाम लाग्ने र राति पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसारआज देशभरको मौसम सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।

त्यस्तै आज दिउँसो पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरि आज प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अन्य भेगमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। भीषण वर्षा हुने ठाउँमा बाढीपहिरोको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउनु पर्ने महाशाखाले आग्रह गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला