×

TUNGOON

आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाइदै


काठमाडौं । भदौ १६ गते
आजबाट काठमाडौमा फोहोर उठ्न थालेको छ ।मंगलबार बेलुका काठमाडौँ महानगरपालिका र नुवाकोटका सिसडोलबासीबिच फोहोर व्यवस्थापन गर्न दिने गरि ९ बुँदे सहमति भएपछि आज बिहानैदेखि फोहोर बोकेका गाडी सिसडोल तर्फ जान थालेका हुन् । तर बाटोमा पहिरो खसेर अवरोध हुँदा बालाजु बाइपासमा सवारी साधानको लामो लाइन लागेको छ ।

मंगलबार बेलुका बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्ने जस्ता सहमति भएको हो। नुवाकोटको सिसडोलका बासिन्दाको विरोधका कारण काठमाडौँको आफेहोर व्यवस्थापन हुन सकेको थिएन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला