×

TUNGOON

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनाले दिए पदबाट राजीनामा


काठमाडौं । भदौ १६ गते
आज बिहान वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनु भएको छ । मंगलबार उहाँले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गर्नु भएको थियो ।

त्यसैले एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले आज पदबाट राजीनामा दिनु भएको हो ।उहाँले आफुले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा दिएको बताउनु भएको छ । खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराउनु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला