काठमाडौं । भदौ १६ गते
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ अडगुरीमा पहिरोले घर पुरिंदा एक बालिकाको मृत्यु भएको छ ।उक्त पहिरोमा परि तीन जना घाईते भएका छन् ।
जिल्लाको पाणिनी गाउँपालिका ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको मृत्यु भएको हो ।पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।