×

TUNGOON

कस्तो रहला तपाईको दिन ? दिन हेर्नुहोस् आजको राशिफल


काठमाडौं । भदौ १७ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मनोरञ्जन पूर्ण दिन रहने योग रहेको छ भने रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनुका साथै आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धर्म कर्म र सामाजिक कार्यमा मन जाने योग रहेको छ भने साहित्यिक क्षेत्रमा रूचि बढ्ने तथा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज विद्या र बुद्धिको ह्रास हुनुका साथै झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ने तथा सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा पुँजी बजारको लगानी कमजोर रहने योग रहेको छ भने शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभ समाचार सुन्न पाइने योग रहेको छ भने मित्रबाट विशेष सहयोग मिल्ने तथा जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुनसक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आँटेको र ताकेको कार्य अघि बढ्नुका साथै पारिवारिक सहयोग र सद्भाव बढ्ने तथा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शैक्षिक क्षेत्र कमजोर नै रहने योग रहेको छ भने अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने तथा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सहयोगी हातहरू अघि बढ्ने योग रहेको छ भने आफन्तको सफलता र प्रगतिमा मन रमाउनुका साथै पुनर्मिलनको योग पनि रहेको छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्ने योग रहेको छ भने बन्धु बान्धवबाट सहयोग मिल्ने तथा इच्छा शक्ति पनि बढेर जानेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कुनै कुराले अनुहारमा चमकता आउनुका साथै आम्दानी बढाउने योजना गर्न सकिने तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहने योग रहेको धार्मिक कार्यमा मन जाने तथा व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला