×

TUNGOON

आज नेपाल र भारतीय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुँदै


काठमाडौं । भदौं १७ गते
आज नेपाल र भारतीय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ। साफ म्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुँदैछ। त्यस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको प्रतिस्पर्धा सहज नहुने प्रतिकृया दिए।

उनले एएएसी कप क्वालिफायर्समा त्रिभुवन आर्मी क्लबसँगको खेललाई स्मरण गर्दे पछिल्लो समय नेपालमा युवा खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्दै आएको प्रतिक्रिया दिए।यसअघिका नतिजालाई हेर्दा नेपालमाथि भारत हावी भएको देखिन्छ।

हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने बाँकी ४ बराबरीमा रोकिएको छ। इतिहास जस्तो भए पनि आफूहरुले राम्रो तयारी गरेकाले बराबरीका लागि नभएर जितका लागि खेल्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रिम्याच कन्फ्रेन्समा बताउनु भएकोछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला