×

TUNGOON

 मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध


काठमाडौं । भदौं १७ गते
नेपालमा मनसुन सक्रिय भएसँगै बाढी,पहिरो जाने क्रम जारी । केही दिन लगातार परेको वर्षाका कारण मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैबार नजिकको अक्करे भीरमा फेरि पहिरो खस्दा आज बिहानबाट सडक अवरुद्ध बनेको छ ।

अक्करे भीरमा करिब तीन सय मिटर क्षेत्रमा पहिरो खसेको र लामो क्षेत्रफलमा पहिरो खसेकाले तत्काल यातायात सुरु हुने सम्भावना नरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउनका लागि गोलन्जोर गाउँपालिकालाई एक्स्काभेटर पठाइदिन अनुरोध प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार रातिको वर्षाले अक्करे भीरमा पहिलेकै स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । यसअघि सोही स्थानमा पहिरो खस्दा चार दिन यातायात अवरुद्ध भई दुई दिनअघि मात्र खुलेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला