×

TUNGOON

पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेकोे बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको भनाई


कामाठमाडौं । भदौं १७ गते
आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेकोे बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बताउनु भएको छ । बुधबार नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै आफू कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताउनु भएको छ ।

दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण मुख्यमन्त्री शाक्यको भनाई छ । उहाँले आफु पार्टी विभाजनका पक्षमा नरहेको र आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउनु भएको छ । उहाँले पार्टी विभाजन प्रदेश र मुलुककै लागि दुःखद् भएको धारणा व्यक्त गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला