×

TUNGOON

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र र संयोजक पाण्डेले बोलाए अलग–अलग बैठक


कामाठमाडौं । भदौं १७ गते
विवेकशील साझा पार्टी फुटको संघारमा पुगेको छ । आज पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको बैठक अलग–अलग बस्ने भएको छ। अध्यक्ष र संयोजकका अलग अलग बैठक भर्चुअल रूपमा हुनेछन्।केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको हो।

आज संयोजक पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् भने अध्यक्ष मिश्रले मध्यान्ह १२–३० बजेका लागि बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि सो दलभित्र संयोजक पाण्डेलगायत चार नेताले फरक मत राखिरहेका छन्। पाण्डेको समूहले यसअघिका आन्दोलनका उपलव्धी र शासकिय प्रणालीप्रति विश्वास राख्दै मौजुदा संविधानका पक्षमा मत राख्दै आइहेका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला