×

TUNGOON

महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई कांग्रेसका वरिष्ठ नेता पौडेलको आग्रह


कामाठमाडौं । भदौं १७ गते
महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आग्रह गर्नु भएको छ । वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गर्नु भएको छ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।

उहाँले कांग्रेस नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई विर्षेर लोकतन्त्रको संस्थागत र कांग्रेसको सबल नेतृत्व ल्याउन ध्यान दिन अपील गर्नु भएको छ । आफ्ना सानातिना निजी कुरालाई विर्सेर अगाडि रहेका महान लक्ष्यलाई ध्यानमा राख्दै गर्दै आएको कठिन संघर्षलाई मूर्त रुप दिनुपर्ने बताउनु भएको छ ।

उहाँले लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिने र कांग्रेसले कसरी सवल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्नु भएको छ । नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनम वडा तहबाटै सबल नेतृत्वको आवश्यकता औंल्याउनु भएको छ । ‘


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला