×

TUNGOON

भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको नेकपा (एस) का अध्यक्ष नेपालको भनाई


काठमाडौं । भदौ १६ गते
नेकपा (एकीकृत समाजवादी ) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको अध्यक्ष नेपालले बताउनु भएको छ । आज बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए ।

सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उहाँले २२ – २३ गतेसम्म मन्त्रिपरिषद विस्तारका बारेमा कसैले नबोल्ने बताउनु भएको छ । उहाँले सत्तारुढ दलभित्रको विवादका कारण मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको चर्चा भइरहँदा अध्यक्ष नेताले मन्त्रिपरिषद् विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रियासमेत दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला