×

TUNGOON

संवैधानिक परिषद्को सुनुवाइ स्थगित


काठमाडौं । भदौं १८ गते
सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिका विषयमा सुनुवाइ स्थगित गर्न आदेश दिएको छ । आज हुने भनिएको सुनुवाइ स्थगित गर्न अदालतले आदेश दिएको हो । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बिहीबार संवैधानिक इजलासमा प्रधान न्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको हो ।

अधिवक्ता डा. गणेश रेग्मीले नेपालको संविधान २०७२ अनुसार संवैधानिक इजलास गठन गर्दा प्रधानन्यायाधीशबाहेक अन्य विकल्प नभएकाले प्रधानन्यायाधीशबाहेक अरूको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै दायर गर्नुभएको रिटमाथि भएको बहसमा न्यायाधीश फुयाँलको इजलासले उक्त आदेश दिएको हो ।न्यायाधीश फुयाँलको इजलासले १५ दिनभित्र प्रधानन्यायाधीशको सहभागिताका बारेमा लिखित जवाफ पेश गर्न न्यायपरिषद् र कानुन व्यवसायी न्यायपरिषद्लाई आदेश दिएको छ । लिखित जवाफ आएको ३ दिनभित्र मुद्दाको पेशी तोक्न आदेशमा उल्लेख गरिएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला