×

TUNGOON

लोभलालच र भ्रमको राजनीति टिकाउ नहुने राप्रपाका अध्यक्ष थापाको भनाई


काठमाडौं । भदौं १८ गते
सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने प्रवृत्तिले मुलुकको हित नगर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई छ । उहाँले राष्ट्रियता, स्वाधीनतासँगै धर्म, संस्कृति र पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुको विकल्प नभएको बताउनु भएको छ ।

लोभलालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोबलसहित स्थानीय तहको निर्वाचनको तयारी अगाडि बढाउन नेता कार्यकर्तालाई अध्यक्ष कमल थापाले निर्देशन दिनु भएको छ । अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएको घटना समेत बंग्याउन बाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउँछ भन्ने आशा गर्न नसकिने बताउनु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला