×

TUNGOON

नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा ठप्प


काठमाडौं । भदौं १८ गते
आज बिहान २ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । पूर्वबाट आइरहेका गाडीहरुलाई दुम्कीवासमा र पश्चिमतर्फबाट आइरहेका गाडीहरुलाई बर्दघाटमा रोकिएको छ ।

दाउन्नेको खुर्सानी खोला नजिकपहिरो गएकाले यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार पहिरो पन्छाउने क्रम जारी छ । तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन सकिएको छैन । नवलपरासी क्षेत्रमा बिहीबार रातिदेखि नै पानी परिरहेको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला