×

TUNGOON

अमेरिकामा आँधी पछि आएको भिषण बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ पुग्यो


काठमाडौं । भदौं १८ गते
अमेरिकाको न्यु योर्क र न्यु जर्सी बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । अमेरिकामा आँधी पछि आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ । न्यु योर्क र न्यु जर्सी राज्यमा अस्वाभाविक वर्षा भएको छ ।

केही नागरिकहरु बाढीको चपेटामा परेका कार र भवनको सबैभन्दा मुनिको तलामा फसेका छन् ।समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा हुँदा बाढी आएको हो ।बाढीका कारण न्यु जर्सीमा २३ जनाको ज्यान गएको त्यहाँका गर्भनर फिल मुर्फीले बताएका बीबीसीले जनाएको छ । यस्तै, न्यु योर्कमा १४ जनाको ज्यान गएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला