×

TUNGOON

लकडाउन अथवा निषेधाज्ञा रहँदा वा हटे पनि कोरोना संक्रमणको जोखिम कायम रहेकाले सतर्क रहन सीसीएमसीको आग्रह


काठमाडौं । भदौं १८ गते
लकडाउन हटे पनि अनावश्यक भिडभाड नगर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लेआग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भिडभाड नगर्न तथा जोखिम हुने स्थानमा सकेसम्म नजान आग्रह गरेको छ ।

लकडाउन अथवा निषेधाज्ञा रहँदा वा हटे पनि कोरोना संक्रमणको जोखिम कायम रहेकाले सतर्क रहन सीसीएमसीले आग्रह गरेको छ । भौतिक दूरी कम हुने स्थान जहाँ नजिक बसेर वार्तालाप गर्नुपर्ने हुन्छ र भेन्टिलेशन नभएको वा दोहोरो हावा नचल्ने स्थानमा कोरोना संक्रमणको सम्भावना धेरै हुने भएकाले यस्ता ठाउँमा रहँदा वा बस्दा सचेत हुनुपर्ने सीसीएमसीले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला