काठमाडौं । भदौं १८ गते
भारतविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रदर्शनको नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशंसा गरेका छन् ।
नेपाली टिमबाट जीतको अपेक्षा गरेको बताउँदै बराबरीको नतिजाका लागि नेपाली समर्थकसामु माफी समेत मागेका छन् । दशरथ रंगशालामा बिहिबार साँझ खेलिएको उक्त खेल १–१ को बराबरीमा टुंगेको थियो ।प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिप अगाडि नेपाली टिममा सुधारको आवश्यकता समेत ओंल्याएका छन् ।