×

TUNGOON

एमसीसी अघि बढाउएर प्रधानमन्त्री देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको भिम रावलको आरोप


काठमाडौं । भदौं १८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउन खोजेको एमाले उपाध्यक्ष भीम रावलले आरोप लगाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्द एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको दाबी गर्नु भएको छ । उपाध्यक्ष रावलले सुरुदेखि नै एमसीसीको चर्को विरोध गर्दै आउनु भएको छ ।

अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको उहाँको भनाई छ । उहाँले ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा , रावलले ‘सरकार जनअनुमोदित नभएकाले देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई नभएको जिकिर गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला