×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । भदौं २० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजबाट पुराना र रोकिएका कार्य पुनस् प्रारम्भ हुने योग रहेको छ भने गरेको कार्य सम्पादनमा सहजता मिल्ने तथा चोटपटकको डर रहेकाले चेत रहनुहोला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै धार्मिक यात्राको समय रहेको छ भने न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै विशिष्ट व्यक्तिको सहयोग मिल्ने तथा विद्या र बुद्धिको विकास हुने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने बहुमूल्य वस्तु हात पर्ने तथा साहित्यिक क्षेत्रमा रुचि बढ्ने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आर्थिक कारोबारमा मन्दी आउनुका साथै मनमा दुबिधा उत्पन्ने तथा सौन्दर्यतामा धन खर्च हुने योग रहेको छ भने प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने दैनिक कार्यमा प्रगति हुने तथा वित्तिय संस्थाबाट सहयोग पाइने र दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने कार्य सम्पादनमा सहजता मिल्ने तथा व्यापार व्यवसायमा सफलता मिल्नुका साथै वैदेशिक कार्य अघि बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनुका साथै शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने सांगीतिक क्षेत्रमा रुचि बढ्ने तथा सामाजिक कार्यमा मन जानेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ने योग रहेको छ भने आर्थिक कारोबारमा विवाद आउने तथा नजिक व्यक्तिबाट धोका पाइने र भएकाले सचेत रहनुहोला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज प्रेमीको सहयोग प्राप्त हुने योग रहेको छ भने टेक्निकलको क्षेत्रमा रुचि बढ्ने तथा चिन्ता छाडेर चिन्तन गर्ने समय रहेको छ भने कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज रमाइलो यात्राको योग रहेको छ भने बन्धुबान्धवबाट सहयोग मिल्नुका साथै छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला