×

TUNGOON

राष्ट्रपति भण्डारीले आह्वान गरिन संघीय संसद्को दुवै सदनको अधिवेशन


काठमाडौं । भदौं २० गते
२३ भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन २३ भदौको अपराह्न ४ बजे आह्वान गर्नु भएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद्को शनिबारको बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउँदा एमाले र जसपा विभाजनपछि पहिलो पटक संसदको अधिवेशन बोलाइएको छ । सो अध्यादेश संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर सरकार सो अध्यादेश निष्क्रिय बनाउने तयारीमा रहेकाले २३ भदौमा सो अध्यादेश पेश हुन्छ कि हुँदैन भन्ने चासो छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला