×

TUNGOON

आफूमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिइयोस् – गोकुल बास्कोटा


काठमाडौं । भदौं २० गते
आफूमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिन नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आग्रह गर्नु भएको छ । एमाले जिल्ला कमिटीले बनेपामा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले उक्त प्रतिक्रिया दिनु भएको हो ।

सांसद बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई चुनौती दिनु भएको छ । बास्कोटामाथि सेक्युरिटी प्रिन्टिङ खरिदका लागि व्यापारी र विचौलियासँग कमिशन बार्गेनिङ गरेको आरोप लागेको थियो।एकजना विचौलिया विजयप्रकाश मिश्रले बास्कोटाले कमिशन माग्दै गरेको अडियो सार्वजनिक गरेका थिए। यद्यपि उक्त सेक्युरिटी प्रिन्टर खरिद प्रक्रिया नै अघि बढेको थिए।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला