×

TUNGOON

कोभिड–१९ विरुद्धको थप ६० लाख डोज खोप आउने तयारी भैरहेको छ – स्वास्थ्य मन्त्रालय


काठमाडौं । भदौं २० गते
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको थप ६० लाख डोज खोप आउने जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले खरिद गरेको ४४ डोज भेरोसेल खोप असोज २९ ९अक्टोबर १५० भित्र ल्याइनेछ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्नासाथ चीनले सहयोगको प्रतिबद्धता जनाएको १६ लाख डोज खोप पनि सेप्टेम्बर अन्तिमसम्म भित्र्याइने भएको छ ।

मन्त्रालयका अनुसार विभिन्न स्रोतबाट करिब १ करोड ३३ लाख डोज खोप आइसकेको छ । त्यसमध्ये करिब १७ लाख डोज मौज्दात रहेको मन्त्रालयको स्वास्थ्य सेवा विभागले जनाएको छ । मौज्दातमध्ये १५ लाखभन्दा बढी डोज सबै प्रदेशमा पठाइएको छ भने करिब डेढ लाख आकस्मिक अवस्थाका लागि केन्द्रमै राखिएको छ ।

त्यस्तै, विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को अन्तर्राष्ट्रिय अभियान कोभाक्स सुविधाबाट समेत डिसेम्बरसम्म ६० लाख डोज खोप खरिद (कस्ट सेयरिङ) गरी ल्याउने तयारी छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला