काठमाडौं । भदौं २० गते
आफ्नो सरकार ढल्नुको दोष पुर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल लगायतका नेताहरुलाई दिनु भएको छ । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सरकारलाई विश्वासको मत नदिएर आफ्नै पार्टीकाले सरकार ढालेको बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई ढाल्नुमा विशेष गरि आफ्नै पार्टी र आफ्नै पार्टीको चुनाव चिन्हबाट उठेका नेता जिम्मेवार भएको बताउनु भएको छ ।ओलीले राष्ट्रपतिकहाँबाट पार नलागेपछि उनीहरु अदालतमा गएको पनि बताउनु भएको छ । तत्कालीन नेकपा एमालेमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुले ओलीले प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेपछि ओलीको चर्को आलोचना गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।