×

TUNGOON

संखुवासभामा अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर बोकेको मिनी ट्रक दुर्घटना


 

काठमाडौं । भदौं २० गते
शनिबार राति संखुवासभामा अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर बोकेको मिनी ट्रक दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना मजदुर घाइते भएका छन्।

दुर्घटनामा अरुण तेस्रोका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रदेश १ ट्राफिक प्रहरीले जनाएको छ। नुमबाट सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०८३ नम्बरको मिनी ट्रक चिचिला गाउँपालिका–१ पात्तलमा दुर्घटनामा परेको एसपी खतिवडाले बताए। उनका अनुसार सडकबाट लगभग सय मिटर तल खसेको थियो। दुर्घटनामा चालक धनकुटा घर भएका अन्दाजी ३० वर्षीय जनक पाण्डेको मृत्यु भएको हो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला