×

TUNGOON

विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको ऊर्जामन्त्री भुसालको भनाई


काठमाडौं । भदौं २१ गते
जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको भनाई । ऊर्जामन्त्री भुसालले निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनु भएको छ ।

मन्त्री भुसालले विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको जिकिर गनर्स भएको छ । उहाँले औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नुपरेको बताउँदै देशका विभिन्न भागमा भूक्षयको मार खेप्नुपरेको उल्लेख गर्नु भएको छ ।

जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको उहाँको भनाई छ । सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जनधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा काठमाडौँ उपत्यकावासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताउँदै मन्त्री भुसालले भूक्षयपछि आएको बाढी र त्यसले पु¥याएको क्षतिका कारण मानवीय एवं भौतिक क्षेत्री बेहोर्नुपरेको बतायनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला