×

TUNGOON

प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने कृष्णबहादुर महराको भनाई


काठमाडौं । भदौं २१ गते
प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराको भनाई छ । आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महराले यही अधिवेशनाबट नयाँ बजेट ल्याउने तयारी भएको बताउनु भएको छ।

२३ गते अधिवेशन रहेकाले यही अधिवेशनबाट नयाँ बजेट आउँने जानकारी दिनु भएको छ । उहाँले ‘नयाँ बजेटको तयारी भैरहेको र नयाँ बजेटमा अस्पतालका लागि के गर्न सकिन्छ सल्लाह सुझाव दिन आग्रह गर्नु भएको छ । भौतिक सुधार, जनशक्ति व्यवस्थापनमा सहयोग गर्न आफु तयार रहेको जानकारी दिनु भएको छ । उहाँले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्दा प्रभावकारी रुपमा काम नभएको उल्लेख गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला