×

TUNGOON

सेयरका ठूला खेलाडीहरुद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग


काठमाडौं । भदौं २१ गते
सेयरका ठूला खेलाडीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै जुलुसको तयारी गरेका छन् । उनीहरुले गर्भनर अधिकारीको बर्खास्तीको माग गर्दै केही छिनपछि शंकरदेव क्याम्पसदेखि नेपाल राष्ट्र बैंक,बालुवाटारसम्म बिरोध र्याली निकाल्न लागेका हुन् ।

बालुवाटार पुगेपछि ठूला सेयर लगानीकर्ताले धर्ना दिने बताएका छन् । तर,भाटभटेनी मन्दिरदेखि उत्तरमा स्थानीय प्रशासनले धर्ना, जुलुसको लागि निषेधित क्षेत्र तोकेकाले सम्भवतः उनीहरु भाटभटेनी मन्दिरमै धर्नामा बस्ने छन् ।बैंकले जारी गरेको आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीतिका कारण आफ्नो कमाईमा धक्का लागेको भन्दै उनीहरुले अधिकारीको राजीनामा मागेका हुन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला