×

TUNGOON

एमसीसी कार्यान्वयन गर्नुपर्ने पुर्व प्रधानमन्त्री डा. भट्टराईको भनाई


काठमाडौं । भदौं २१ गते
एमसीसी कार्यान्वयन गर्नुपर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले राष्ट्रिय सहमति कायम गरेर अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ । एमसीसीको विषय राष्ट्रिय बहस बनिरहेको बेला भट्टराईको यस्तो भनाइ आएको हो ।

पुर्व प्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएको छ,यसमा राष्ट्रिय सहमति गरौँ , उच्चस्तरीय राजनीतिकरकूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौँ,चीनसँगका पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ, अमेरिकासँग चिठी आदानप्रदान सहित कार्यान्वयन गरौँ, युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौँ, ।।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला