×

TUNGOON

पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नरलाई अर्थ मन्त्री जनार्दन शर्माको आग्रह


काठमाडौं । भदौं २१ गते
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले आज गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्नुभएको छ ।शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीसँगको कुराकानीका क्रममा अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ । उहाँले कहाँ–के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नुभएको छ । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाइ परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला