×

TUNGOON

सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले माग भएबमोजिमको लगानी बढाएको छ विद्यासुन्दर शाक्यद्वारा जानकारी


काठमाडौं । भदौं २१ गते
सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले माग भएबमोजिमको लगानी बढाएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उल्लेख गर्नु भएको छ । काठमाडौँ महानगरको वडा २१ मा रहेको विद्यालयमा प्रमुख शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलभक्त शाक्यलाई डेक्सटप कम्प्युटर र प्रधानाध्यापक चुडामणि शर्मालाई ल्यापटप हस्तान्तरण गरेर ल्याब शुभारम्भ गर्दै विद्यालयले प्रतिफल दिने अपेक्षा समेत व्यक्त गर्नु भएको छ ।

महानगरले शिक्षामा गरेको लगानीको विषय उल्लेख गर्दै प्रमुख शाक्यले ‘विद्यालयलाई वातावरणमैत्री बनाउन हरियाली बढाउने, खेल मैदानलाई धुलोमुक्त बनाउने, सबै सामुदायिक विद्यालयमा एउटै रङ्ग लगाउने, महावाणी, भित्तेलेखन र भित्ते चित्र बनाउनेजस्ता संरचनागत काम गरेको जानकारी दिनु भएको छ । उहाँले प्राविधिक शिक्षाको कुरा गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लबं ) स्थापना गरिएको बताउनु भएको छ । यसबाट सामुदायिक विद्यालयको सार्वजनिक छविमा सुधार हुँदै आएको बताउनु भएको छ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला