×

TUNGOON

इंग्ल्याण्डबीच केनिङटन ओभलमा भएको चौथो टेस्टमा भारतको जित


काठमाडौं । भदौ २२ गते
भारतले इंग्ल्याण्डबीच केनिङटन ओभलमा भएको चौथो टेस्टमा १ सय ५७ रनको जीत हासिल गरेको छ । खेलमा भारतले इंग्ल्याण्डलाई जीतका लागि ३६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, इंग्ल्याण्डको टोली मात्र २ सय १० मा समेटिएको थियो ।जीतसँगै भारतले शृङ्खलामा २–१ को अग्रता बनाएको छ ।

५० वर्षपछि भारतीय टोलीले ओभल मैदानमा कुनै टेस्ट जितेको हो । इंग्ल्याण्डलाई सस्तोमा समेट्न उमेश यादवले ३ तथा जसप्रीत बुमराह, शार्दूल ठाकुर र रवीन्द्र जडेजाले २–२ विकेट लिएका थिए । इंग्ल्याण्डले ५२ रनमा एकपछि अर्को गर्दै ६ विकेट गुमायो ।खेलमा जसप्रीत बुमराह भारतका लागि सबैभन्दा चाँडो १०० विकेट लिने खेलाडी बनेका छन् । उनले मात्र २४ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि, कपिल देवले २५ खेलमा १ सय विकेट लिने रेकर्ड बनाएका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला