×

TUNGOON

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी


काठमाडौं । भदौ २२ गते

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको छ । बैठकले अनुमति दिने निर्णय गरे पछि काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी भएको छ ।

नेपालका अनुसार भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षक(कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्नेछ ।

त्यसको आधारमा डीसीसीएमसीले विद्यालय खुलाउने अनमुति दिइने छ । सोमबारको बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारी, काठमाडौंका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख, सुरक्षा अधिकारी र अभिभावक प्रतिनिधि सहभागी थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला