×

TUNGOON

स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधारका लागि पाँच अर्ब ९४ करोड सहयाता ऋण स्वीकार गर्ने ज्ञानेन्द्रबहादुर कार्कीको भनाई


काठमाडौं । भदौ २२ गते

न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधारका लागि पाँच अर्ब ९४ करोड सहयाता ऋण स्वीकार गर्ने जनाकारी दिनु भएको छ ।

उहाँले मन्त्रिपरिषदको बैठकले अन्तराष्ट्रिय विकास संस्थाबाट स्वास्थ्य क्षेत्र व्यस्थापन सुधारका लागि पाँच अर्ब ९४ करोड सहायता ऋण स्वीकार गर्ने निर्णय गरेकोबताउनु भएको छ ।त्यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

स्वर्गीय बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने, अर्को आर्थिक वर्षका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने र निजामती दिवसको दिनमा ४० जना निजामती कर्मचारीलाई पुरस्कार दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाँको भनाई छ ।

त्यस्तै गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले एकाध दिनभित्रै पूर्णता पाउँने कार्कीले जनाकारी दिनु भएको छ । सरकारमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री छन्।

यस्तै, नेकपा(माओवादी केन्द्र)का तर्फबाट दुई मन्त्री छन्।सरकार विस्तारमा ढिलाइ भइरहेको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको सन्दर्भमा नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला