×

TUNGOON

आज निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय सकिँदै


काठमाडौं । भदौ २२ गते
आज निर्वाचन आयोगले नेकपा एमाले र एकीकृत समाजवादी विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय सकिँदै छ । एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न दिएको समयको आज अन्तिम दिन हो ।

 

 

निर्वाचन आयोगले गत ९ भदौमा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दल दर्ताको प्रमाणपत्र दिएको थियो । त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला