काठमाडौं । भदौ २२ गते
आज निजामति कर्मचारी सेवा दिवस हो । दिवसको अवसर पारेर सरकारले हरेक वर्ष सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गर्ने गर्दछ । सरकारले मंगलबार ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्दैछ । निजामती सेवा दिवस, २०७८ का अवसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो।
पुरस्कृतमध्ये १० कर्मचारीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरिनेछ भने ३० जना निजामती सेवा पुरस्कारबाट सम्मानित हुनेछ ।
मन्त्रिपरिषद्कोे भदौ २१ को निर्णयबाट उनीहरुलाई पुरस्कृत गर्ने निर्णय भएको थियो ।दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिने व्यवस्था निजामती सेवा नियमावलीमा भए पनि सर्वोत्कृष्टबाहेक ४० जना पुरस्कृत हुँदैछन् ।सरकारले सर्वोत्कृष्ट कर्मचारी फेला नपारेको हो लगातार पाँचौ वर्ष हो ।