×

TUNGOON

आज युवा संगठन वाईसीएलको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बस्दै


काठमाडौं । भदौ २२ गते
आज बिहान ११ बजे नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकबस्दै छ। आज बस्ने बैठकमा पदाधिकारी चयन गर्ने एजेन्डा रहेको निर्वतमान सचिव पुष्प वलीले जानकारी दिए।नेतृत्वमा दावेदार रहेकाहरुबीच सहमतिमा जुट्न नसक्दा पदाधिकारीविहीन केन्द्रीय समिति घोषणा भएको थियो ।

घोषित केन्द्रीय समितिको पहिलो बैठकबाट नेतृत्व चयन गर्नेसहमतिमा चार दिनसम्म चलेको राष्ट्रिय सम्मेलन सकिएको थियो ।२३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरेको वाईसीएलले बाँकीलाई पछि नियुक्ति गर्ने गरी २०४ केन्द्रीय सदस्यको घोषणा गरेको थियो । आज ती सदस्यहरुले पदाधिकारी चयन गर्नेछन्।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला