×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । भदौ २३ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिन रमाइलो सँग बित्ने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनुका साथै बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने रोकिएका काम पुनः सुरु हुने तथा धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनुका साथै ईष्टमित्रहरूसँग भेटघाट हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज धार्मिक कार्य र सभासमारोहमा सरिक भइनुका साथै जटिल ठानिएको कामसमेत सम्पादन हुने तथा विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैनुका साथै एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ भने आफूलाई कमजोर भएको अनुभूति हुनुका साथै विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज रमाइलो यात्राको सम्भावना रहेको छ भने त्यसबाट दीर्घकालिक फाइदा पुग्ने तथा रोकिएका अधुरा कामहरू पुरा हुने योग रहेको छ भने स्वास्थ्य सबल नै रहनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुने योग रहेको छ भने धार्मिक कार्यमा रुचि बढ्ने तथा साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिने योग रहेको छ भने आफन्तले कुनै माध्यमबाट सहयोग गर्ने तथा कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज जिद्दीपनाले गर्दा काम बिग्रने योग रहेको छ भने व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुने योग रहेको छ भने धर्म, ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला