काठमाडौं । भदौ २३ गते
महिलामा हुनुपर्ने ३२ लक्षण, तपाईंमा के के छन् रु
आज बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक बस्दै छ । आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भएको छ ।
संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो। नेकपा एमालेले संसद बैठक सुचारु हुन नदिने संकेत देखाइसकेको छ। सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर आफ्नो दल फुटेपछि एमाले निकै आक्रामक बनेको छ।