×

TUNGOON

एमसिसीले मुलुकको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने दाबी प्रधानमन्त्री देउवाको दाबी


काठमाडौं । भदौ २३ गते
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गर्नु भएको छ । उहाँले मंगलबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले यसबारे अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने जानकारी दिनु भएको हो ।

प्रधानमन्त्री देउवाले एमसिसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने उल्लेख गर्दै नेपालको विकासमा एमसिसी अहिले एकाएक नआएको बताउनु भएको छ । उहाँले निश्चित कानुनी प्रक्रिया पूरा गरेर प्रतिस्पर्धाबाट सरकारले प्राप्त गरेको अनुदान भएकाले यो एउटा लोकतान्त्रिक मुलुकसँगको सम्बन्धको कुरा भएको उल्लेख गर्नु भएको छ । विभिन्न राजनीतिक दलको नेतृत्वमा विगतमा गठन भएका सरकारले अघि बढाउँदै एमसिसी अहिलेको अवस्थामा आइपुगेको धारणा राख्दै प्रधानमन्त्री देउवाले यसले मुलुकको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने दाबी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला