×

TUNGOON

पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल दुई विकेटले विजयी 


काठमाडौं । भदौ २३ गते
पपुवा न्युगिनीविरुद्धको ओमानको अल अमेरात मैदानमा भएको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल दुई विकेटले विजयी भएको छ । नेपालको जितमा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी र आसिफ सेखले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनी ३३ ओभरमा एक सय ३४ रनमै अलआउट भएको थियो । सहज लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा आठ विकेटको नोक्सानीमा एक सय ३५ रन जोड्ेको थियो ।

दुई खेलको एक दिवसीय सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले तयारीस्वरूप पपुवा न्युगिनीसँग दुईवटा एकदिवसीय खेल खेल्नेछ । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ । पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप म्यान अफ दी म्याच घोषित भएका छन् । उनले १० ओभरमा ३५ रन खर्चंदै चार विकेट हात पारेका थिए । मंगलबारको खेलमा विक्रम सोबले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरे । उनले बलिङमा पाँच ओभर गर्दै २० रन खर्चेर दुई विकेट हात पार्दै आफ्नो डेब्यु खेल स्मरणीय बनाए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला