×

TUNGOON

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन आयोगविरुद्ध दिएको निवेदनमाथि अन्तरिम आदेश दिन सर्वोच्च अदालत गर्यो अस्वीकार


काठमाडौं । भदौ २३ गते
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको तीनवटै रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दायर भएका दुई रिटमाथि अन्तरिम आदेश दिने वा नदिने विषयको निक्र्योल गर्न दुवै पक्षलाई छलफलका लागि डाकिएको छ । नेकपा (एकीकृत समाजवादी) दर्ताको विषयमा र लुम्बिनी प्रदेश सभाका दुई सदस्यमाथि कारबाहीका विषयमा तत्काल अन्तरिम आदेश दिन नसकिने सर्वोच्चको आदेशमा छ ।

तीनवटै रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ र १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ । निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा अन्तरिम आदेश जारी हुने–नहुने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिएकाले मिति २०७८–०५–२८ गते अन्तरिम आदेश सम्बन्धमा छलफलको पेसी तोकी सो कुराको जानकारी विपक्षीहरूलाई दिई नियमानुसार पेस गर्नू’ आदेशमा भनिएको छ । यी दुईवटै रिट सँगसँगै राखेर पेस गर्न इजलासबाट आदेश भएको छ । यसैगरी माधव नेपालसहित १४ जनालाई पदमुक्त नगरिएको विषयमा परेको रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिन नसकिने प्रस्ट पारेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला