×

TUNGOON

आज दिउँसो ४ बजे प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक बस्दै


काठमाडौं । भदौ २३ गते
आज प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक बस्दै छ । अपराह्न चार बजे बस्ने बैठकमा एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसपछि सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने छन् ।एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने पनि आजको बैठकको सम्भावित कार्यसूचीमा समावेश छ ।बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश बैठकमा पेश गर्ने छन् ।यसैगरी नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृतिका लागि पनि प्रस्ताव पेश हुने छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला