×

TUNGOON

नागरिकलाई साक्षर बनाउन सरकारका क्रियाकलाप केन्द्रित रहेको प्रधानमन्त्री देउवाको भनाई


काठमाडौं । भदौ २३ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा मन्त्रालयसमेत सम्हालिरहेका सबै नागरिकलाई साक्षर बनाउन सरकारका क्रियाकलाप केन्द्रित रहेको बताउनु भएको छ ।

आज ५५ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले गुणस्तरीय, रोजगारमूलक, व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिँदै संघीयताको स्वरूप अनुरूप शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्नु भएको छ ।

निरन्तर शिक्षालाई संस्थागत गर्दै आगामी दिनमा बाँकी –२३ जिल्ला०को साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकारका गतिविधि केन्द्रित हुन उनले उल्लेख गरेका छन् ।उहाँले मुलुकमा कोभिड–१९ को महामारीबीच पनि साक्षर नेपालको अभियान अगाडि बढिरहेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला