×

TUNGOON

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नागरिकतासम्बन्धी विधेयकको विपक्षमा उभिदै


काठमाडौं । भदौ २३ गते
नागरिकतासम्बन्धी विधेयकको विपक्षमा सत्तारुढ गठबन्धनको घटक चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा उभिने भएको छ । आज सरकारले नागरिकतासम्बन्धीसहित १५ वटा विधेयक पेस गर्दैछ ।

गृहमन्त्री वालकृष्ण खाँणले ‘नेपाली नागरिकता ‘पहिलो संशोधन’ अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दैछन् ।जसको विरोधमा जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘नेपाली नागरिकता ‘पहिलो संशोधन’ अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पेस गर्ने नागरिकतासम्बन्धी अध्यादेशमा जनमोर्चाले विरोध जनाउने भएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला