×

TUNGOON

इन्डोनेसियाको राजधानी जकार्ताको एक जेलमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु, ५० जना भन्दा बढी घाइते


काठमाडौं । भदौ २३ गते

इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकामा एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । टेंगरेंग जेलमा यो दुर्घटना बुधबार बिहान १ देखि दुई बजेबीच भएको हो ।

त्यतिबेला धेरैजसो कैदी सुतिरहेका थिए ।जेलको ब्लक सीमा आगो लागेको थियो जसमा १२२ कैदी राखिएका थिए जबकी यसको क्षमता ४० जनाको मात्रै हो ।यी कैदी लागुऔषधसँग सम्बन्धित मामिलाका कारण बन्द थिए ।

यो दुर्घटना दर्जनौं घाइतेसमेत भएका छन् । उनीहरुलाई आइसीयूमा भर्ना गरिएको छ ।जेलकी प्रवक्ता रिका अप्रियान्टीले आगलागीको कारणबारे पत्ता लगाउन अनुसन्धान थालिएको जानकारी दिइन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला