×

TUNGOON

एमसीसी संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने एमालेका उपमहासचिव विष्णु पौडेलको भनाई


काठमाडौं । भदौ २३ गते
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बताउनु भएको छ । उहाँले सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी समेत गर्नु भएको छ ।

पौडेलले एमसीसीबारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताउनु भएको छ । पौडेलले लुम्बिनीमा एमाले विभाजित नभएको तर्क गर्नु भएको छ । उहाँले कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको बताउनु भएको छ । ४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गर्ने कोशिश गरिएको उहाँको भनाई छ । आउँदो चुनावमा एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने पौडेलले दावी गर्नु भएको छ । माधव नेपाल नेतृत्वको पार्टी एक्लै चुनाव लड्न नसक्ने र गठबन्धन गरेर लड्न अरुले बैशाखी नदिने हुँदा बितारा पर्ने पौडेलले बताउनु भएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला